समाज

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ। तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी९टिकिडस्०ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो।

कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उनलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गरे।

गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उनको तनहुँको दमौलीमा हत्या गरिएको थियो। टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताए।

कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो। सो अवसरमा विभिन्न कलाकारले विविध गीत गाउनाका साथै विभिन्न कला प्रदर्शन गरेका थिए।

विशेष