मनोरञ्जन

अनस्क्रीन आमाको निधनबारे मुख खोले सलमानले, ‘मैले ३ जना नजिकका व्यक्ति गुमाएँ’

अनस्क्रीन आमाको निधनबारे मुख खोले सलमानले, ‘मैले ३ जना नजिकका व्यक्ति गुमाएँ’

केही समयअघि बलिउड अभिनेत्री रीमा लागूको निधन भयो । उनले कति फिल्ममा सलमानकी आमा बनेर पनि काम गरिन् । तर, उनलाई श्रद्धाञ्जली दिन सलमान नै नपुगेपछि मिडियामा उनको चर्को आलोचना भएको थियो ।

सलमानको आउँदै गरेको फिल्म ‘ट्युबलाइट’ को ट्रेलर रिलिजको समयमा उनले रीमाको निधनकोबारेमा मुख खोलेका छन् । एक प्रश्नको जवाफमा उनले रीमाको मृत्यु एकदम दुखद रहेको बताए ।

उनले भने, ‘पछिल्लो महिनामा मैले आफ्नो ३ब जना नजिकका व्यक्ति गुमाएँ ।’ यती भन्दै गर्दा सलमानको इशारा रीमा लागू, ओम पुरी र विनोद खन्नामा परेको थियो ।

विशेष