विचार

साझा र विवेकशीलसँगसमेत नयाँ शक्तिले घुँडा टेक्नुमा बाबुराम नै दोषी छन्

साझा र विवेकशीलसँगसमेत नयाँ शक्तिले घुँडा टेक्नुमा बाबुराम नै दोषी छन्

पवन लामिछाने

घटना १.

पार्टी घोषणकोे दिन करिब २ करोड खर्च लाग्नेगरी पत्रिकाहरुमा डा. बाबुराम भट्टराईको फोटो छपाईयो । त्यसप्रकारको फोटो छपाउने निर्णय पार्टीको कुनै पनि निकायबाट भएको थिएन । त्यो करोडांै कहाँबाट आयो पनि जानकारी छैन । तर, जब लाग्ने कर मात्रै तिरिएको, पत्रिकाहरुले सित्तैमा छापेका हुन् भनियो तब डा. भट्टराईको ईमानदारिता प्रति शंका उत्पन्न भयो ।

नाफा गर्ने उद्देश्य भएका निजी संचार संस्थाहरुले ’सित्तैमा’ छापे भनेर भन्नु आफैमा हास्यास्पद तर्क हो । त्यसमाथि अझ एक दुइ पत्रिकाले होइन कि, सरकारी गोरखापत्र बाहेक सबैले ! यदि सित्तैमा छापेछन भनेर मान्ने हो भने पनि’ त्यो अनैतिक र भ्रष्टाचारी कार्य हो । यदि ती पत्रिकाहरुले सित्तैमा छापेका हुन् भने तार्किकरुपमा भन्न सकिन्छ कि ती पत्रिकाहरुले डा. भट्टराईसँंग पहिले फाईदा उठाएका थिए वा भविष्यमा उठाउने छन् ।

जर्मनका पूर्वराष्ट्रपतिको २ दिनको होटेल बसाईको खर्च एक ब्यवसायीले तिरेको खबर बाहिर आएपछि उनीविरुद्ध सरकारी वकिलले मुद्दा हालेका थिए । उनले पदबाट हात धुनु पर्यो । त्यही मापदण्डमा हेर्ने हो भने डा. भट्टराईमाथि हाम्रो अख्तियारले छानबिन सुरु गर्नु पर्ने हो । उनको भ्रष्टाचार यो घटनामा प्रमाणित पनि हुने प्रवल सम्भावना देखिन्छ ।

घटना २ः

सबै आर्थिक कारोबार बैकबाट गर्ने भनियो तर व्यवसायी र ठूला ब्यापारिक घरानाहरुले करको बहाना देखाएर चन्दा बैंकमा जम्मा गर्न मानेनन् भन्दै सबै चन्दा संकलन डा भट्टराईको ‘किचेन क्याबिनेट’ बाट अपारदर्शीरुपमा नगदमै गरियो । यस प्रकार, बिकल्प दिन गठन भएको पार्टी आफै करछलीमा संलग्न देखिन्छ ।

यस्ता कार्यहरुले स्पष्टरुपमा देखाउँछन् कि नियम कानुन र पद्धतिमा पार्टी चलाएर नयाँ राजनीतिक संस्कार स्थापना गर्दै दीर्घकालिन परिवर्तन भन्दा पूराना पार्टीहरु जस्तै चाडो भन्दा चाडो सत्तामा पुग्नु नै प्रमुख उद्देश्य देखिन्छ ।

माथिका घटनाहरु अपारदर्शिताका दुई उदाहरण मात्रै हुन् । त्यस्ता धेरै घटनाहरुले बैकल्पिक राजनीति स्थापना गराउन भनेर निस्वार्थ रुपमा लागेका यो पंक्तिकारसहित रामेश्वर खनाल जस्ता स्वच्छ छविका व्यक्तिहरुको मनोबल गिरायो र नयाँ शक्ति छोड्नुनै उपयुक्त हुने निष्कर्षमा पुरायो ।

 

साझा र बिबेकशील जस्ता पार्टीहरुले ईमान्दारीपूर्वक पारदर्शिताको स्तर र मापदण्ड नै माथि उठाउदै र त्यो मापदण्ड व्यवहारमा कायम गर्दै बोलीमा मात्रै होइन व्यवहारमा पनि फरक भएको प्रमाणित गर्नु पर्ने देखिन्छ । अन्यथा बास्तविक बिकल्प चाहनेहरुले ढिलो/चाडो यस्तो पार्टीलाई बिकल्प नमान्दै पार्टी परित्याग गर्ने निश्चित छ ।

जब स्वच्छ छवि भएकाहरुले पार्टी परित्याग गर्छन । पार्टी कमजोर देखिन्छ । र फलस्वरुप जो स्वार्थको लागि लागेका छन् । उनीहरुले पनि पुरानै पार्टीहरुबाट आफ्नो स्वार्थ पुरा हुने देखेर टाप ठोक्छन । निष्कर्षमा भन्न सकिन्छ कि तिगडमबाजी र ढोंगमा चल्ने पार्टीहरुको नेपाल मा कमी छैन । त्यसैले तिगडमबाजी र ढोंगमा चल्ने नयाँ पार्टीहरुले जनताको मन जित्न असम्भव प्राय छ । ढाटेको कुरो काटेर पनि मिल्दैन !

घटना ३ः

पार्टी घोषणा हुनु पूर्व मुमाराम खनाललाई प्रचारप्रसारको जिम्मा दिइएको थियो । पार्टीको वेबसाईट र पार्टीको फेसबुक पेज जस्ता संचारका माध्यम प्रचार प्रसारको जिम्मा पाएको व्यक्ति अन्तर्गत हुनु पर्ने हो । तर डा भट्टराईको किचेन क्याबिनेटले प्रचार प्रसारको जिम्मा खनाललाई दिइएको भए पनि , पार्टीको वेबसाईट र पार्टीको फेसबुक पेज चाहीँ आफ्नै मातहत राख्ने निर्णय गर्यो । कुनै बिशेष क्षमता पनि नभएको र सांगठानिक रुपमा पनि नसुहाउदो तरिकाले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन । यो एक उदाहरणले देखाउँछ कि खनाल जस्तो केन्द्रिय नेतालाई पनि भट्टराईको किचेन क्याबिनेटले प्रभावकारी रुपमा काम गर्न दिएन र जिम्मेवारीहरु क्षमताको आधारमा प्रदान गरिएन ।

साझा र बिबेकशील जस्ता पार्टीहरुले पहुँचको आधारमा होइन कि ठीक व्यक्ति ठीक ठाउँमा’ को मान्यता लाई अत्यन्तै संवेदनशीलताका साथ लागू गर्नु पर्ने देखिन्छ ।

घटना ४ः

निर्मल भट्टराई बलियो सांगठनिक क्षमता भएका र एकदमै खट्ने नेता हुन् । साथै उनी रणनीतिक रुपमा पनि कसरी बढी भन्दा बढी व्यक्तिहरुलाई पार्टीमा लगाउन सकिन्छ भनेर उपायहरु प्रस्तुत गरि रहन्थे । यस सन्दर्भमा उनले नयाँ शक्तिबाट चुनाव लड्न “स्नातक वा सो सरह’ हुनुपर्ने प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरे । उनको तर्क थियो जोसँंग स्नातकको शैक्षिक प्रमाणपत्र छैन, उनीहरुको कुनै पनि ३ बर्षे अनुभवलाई स्नातक सरह मान्ने र कसैलाई पनि उम्मेदवार हुन्बाट बन्चित नगर्ने, तर बिधानमा चाहि “स्नातक वा सो सरह’ लेख्ने , यसले धेरै युवाहरुलाई आकर्षित गर्छ ।

१५०० सय प्रतिनिधि भएको बन्द सत्रमा निर्मल भट्टराईले राखेको प्रस्तावलाई डा भट्टराई र उनको किचेन क्याबिनेट ले ‘षडयन्त्र’को बिल्ला भिरायो । त्यसको प्रभाव नयाँ शक्तिको १०० सदस्य केन्द्रिय कार्यकारिणी समिति गठन हुँदा देखा पर्यो । डा भट्टराई र उनको किचेन क्याबिनेटलेले अरु केन्द्रिय नेताहरुको सल्लाहका बाबजुद पनि निर्मल भट्टराईलाई कुनै पनि हालतमा व्यक्तिगत दुश्मनी भए जस्तो गरी १०० सदस्यीय केन्द्रिय कार्यकारिणी समिति भित्र नराख्ने निर्णय गर्यो । त्यस्को प्रतिक्रिया स्वरुप निर्मल भट्टराईले डा. भट्टराईको बिरुद्ध उम्मेदवारी घोषणा गरे ।

निर्मल भट्टराईको प्रस्ताव र त्यसपछिका उनका कदमहरु सहि गलत आफ्नो ठाँउमा छ । तर प्रक्रियागत रुपमा आएको एक प्रस्तावको कारणले डा भट्टराईले निर्मल भट्टराई जस्तो सांगठनिक क्षमता भएको व्यक्तिको सहि मुल्यांकन गर्न सकेनन् । ‘म नै नयाँ शक्ति हुँ ’ भन्ने दम्भ देखाए, जसले नयाँ शक्तिको बिकासमा बाधा पुर्यायो । साझा र बिबेकशील जस्ता बैकल्पिक पार्टीहरुले प्रक्रियागत रुपमा आएको प्रस्ताव जति सुकै अप्रिय लागे पनि , प्रक्रियागत रुपमै टुङ्गयाउने र कार्यकर्ताको स्वाभिमानमा आँच नपुरा¥याउन सतर्कता अपनाउन पर्ने देखिन्छ ।

विशेष