मनोरञ्जन

सचिनलाई मनाउन सकेनन् कपिलले

सचिनलाई मनाउन सकेनन् कपिलले

 

भारतको चर्चित टिभी शो ‘द कपिल शर्मा शो’मा हरेक सेलिब्रेटिहरु आफ्नो फिल्मको प्रचार गर्नरुचाउँछन् । तर, क्रिकेटर सचिन तेन्दुलकर भने आफ्नो आउँदै गरेको फिल्म ‘सचिन द बिलियन ड्रिम्स’ को प्रचार गर्न पुगेनन् ।

कपिल र उनका टिमले सचिनलाई आफ्नो शोमा ल्याउनका लागि पूर्ण रुपमा कोशिश गरेका थिए तर उनीहरु सफल भएनन् । उनीहरुको यो निमन्त्रणालाई सचिनले आफ्नो फिल्म कुनै पनि हिन्दी शोमा प्रचार नगर्ने बताएको भारतीय मिडियाले जनाएको छ । सचिनले मराठी शोहरुमा भने आफैँले फिल्मको प्रचार गरिसकेका छन् । एजेन्सी 

विशेष