देश

करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

म्याग्दीः मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर शनिबार एक बालकको ज्यान गएको छ । खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका नवीनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अर्का घाइते हिमालको भने उपचार भइरहेको छ ।

विशेष