मनोरञ्जन

भन्सालीले जुराइदिए रणभीर दिपिकालार्इ लिभ इन रिलेसनको अवसर 

भन्सालीले जुराइदिए रणभीर दिपिकालार्इ लिभ इन रिलेसनको अवसर 

अभिनेता रणभीर कपूर दिपिका पादुकोण लिभ इन रिलेसनमा बस्ने भएका छन् । उनीहरुबीचको अफेयरको हल्ला छाइरहेकै समयमा लिभ इन रिलेसनमा बस्न लागेको कुराले भारतीय सञ्चार माध्यम तताइरहेको छ ।

यतिबेला यी दुबैजना निर्देशक सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ को सुटिङमा व्यस्त रहँदै आएका छन् । फिल्मको सुटिङले गर्दा दिपिका र रणभीरलाई बारम्बार मुम्बइ धाउनुपरेको छ । यताउतिको दौडधूपबाट बच्नको लागि उनीहरुले सुटिङ लोकेशन नजिकैको एक घर भाडामा लिएका छन् । त्यसकारण केही समयको लागि उनीहरु लिभ —इन रिलेसनमा बस्न लागेका हुन् ।

रणभीर र दिपिका सधैँको लागि नभएर केही दिनको लागि मात्र लिभ इन रिलेसनमा बस्न लागेका हुन् । मिडियामा उनीहरुको सम्बन्धबारे जतिसुकै टिप्पणी आए पनि यी दुईले भने खुल्ला रुपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।

 

विशेष