आर्मीको विजयी सुरुवात, झापा र च्यासलले बाँडे अंक
डिफेण्डिङ च्याम्पियन नेपाल आर्मीले ललित स्मृती यू–१८ च्याम्पियनसिपमा शनिबार विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा रमपम झापा(११ फुटबल क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
एन्फा कमप्लेक्स सातदोवाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिम फुटबल क्लबलाई २–० ले पराजित गर्यो। आर्मीको जितमा विश्वास उदासले खेलको १४औं र दोर्जे तामाङले ६५औं मिनेटमा गोल गरे।
जितपछि मसूह बीमा आर्मीले ३ अंक जोडेको छ।
त्यसअघि एन्फा कम्प्लेक्समै भएको समूह ए को खेलमा झापा–११ र च्यासल युथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। ३१औं मिनेटमा दिशान्त तामाङले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए।
तर इन्जुरी टाइममा मिंग्मा तेन्जिङले गोल गर्दै च्यासललाई अंक दिलाए। बराबरीपछि दुवै टोलीले १–१ बाँडेका छन्।
खेलअघि अखिल नेपाल फुटबल सघका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र स्वर्गिय ललिल कृष्ण श्रेष्ठकी पत्नी निलु श्रेष्ठले रेफ्री विकास महतलाई बल हस्तानतरण गर्दै च्याम्पियनसिपको उद्घाटन गरेका थिए।
च्याम्पियनसिप अन्तर्गत आइतबार समूह सी का जगदम्बा लुम्बिनी फुटबल क्लब र न्युरोड टिम तथा समूह डी का सिएमजी सकटा क्लब र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।