पानीजहाज विष्फोटपछि समुद्रमा डुब्यो
मे–२७ । ‘एचएमएस प्रिन्सेस इरेन’ नामक पानी जहाज यात्री र कर्मचारीसहित ३५२ जनालाई आफैसाथ लिएर समुद्रमा डुबेको छ । यो पानी जहाज डुब्नु अघि विष्फोट भएको थियो । १९१५ मे २७ मा विष्फोट भएको यो जहाज १२० मिटर लामो थियो । क्यानडाको सरकारी रेलसेवाको सामान बोक्न यो जहाज निर्माण गरिएको थियो ।