मनोरञ्जन

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका


जेठ १४ – दीपा श्री निरौलाद्वारा निर्देशित सिनेमा ‘छक्का पञ्जा २’ ले छायांकनको दुईवटा शेड्युल सकाएको छ ।

काठमाडौं र बनेपाको छायांकन सकाएसँगै सिनेमाको ७० प्रतिशत छायाकंन सकिएको जानकारी छ । अहिले सिनेमाको छायाकंन पाल्पामा भइरहेको छ । पाल्पाका विभिन्न गाउँमा छायांकन गरेर ‘छक्का पञ्जा २’ को टोली छायांकनको लागि पोखरा पुग्नेछ ।

पोखरामा छायांकन गरेसँगै सिनेमाको सम्पूर्ण छायांकन सकिने छ । सिनेमामा विभिन्न भूमिकामा देखा पर्ने प्रियंका कार्कीले ‘छक्का पञ्जा २’ मा आमाको भूमिका निर्वाह गर्दैछन् । त्यसो त प्रियंका सिनेमामा आमाको भूमिकामा देखिनु नौलो कुरा हैन । उनी यस अघि पनि केही सिनेमामा बालकलाकारहरुको आमा भएर अभिनय गरिसकेकी छिन् ।

तर ‘छक्का पञ्जा २’ मा उनी आफूभन्दा लगभग ८ वर्ष कान्छी अभिनेत्री स्वस्तीमा खड्काकी आमाको भूमिकामा देखा पर्दै छिन् ।

‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, शिवहरि पौड्याल, स्वस्तीमा खड्का, जितु नेपाल लगायतको अभिनय रहेको छ ।

विशेष