साहित्यकार ढकालको निधन
जेठ १४ । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ ।
काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए ।
हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन् । स्व ढकालका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
Aknath Dhakal