मनोरञ्जन

यस्ता चिजसँग डराँउछन् यी बलिउड कलाकार, रिसदेखि लिएर चर्चा गुमाउने डरसम्म

यस्ता चिजसँग डराँउछन् यी बलिउड कलाकार, रिसदेखि लिएर चर्चा गुमाउने डरसम्म

एजेन्सी । भनिन्छ, डरको अघि सधैँ जित हुन्छ । यदि हामीले आफ्नो मनबाट डरलाई गुमायौँ भने हामी मुश्किल काम पनि सजिलै गर्न सक्छौँ । सबै मानिसमा आफ्नै किसिमका डर हुन्छन् । कसैलाई आफ्नो कमजोरीको डर हुन्छ, कसैलाई आफ्नो आदत । बलिउडका चर्चित कलाकारलाई यस्ता कुरा देखि डर लाग्ने गर्छन् ।

सलमान खान — अभिनेता सलमान खानलाई आफ्नो रिसबाट एकदमै डर लाग्ने बताउँछन् । एक समय स्थिती यस्तो पनि थियो की सलमान आफ्नो रिसले गर्दा आफैँ दिक्क हुन्थे । त्यसकारण उनी एकदम दुखी हुन्थे किनभने उनी कुनै पनि हालतमा आफू नजिकका मानिस रिसाएको देख्न सक्दैनथे । आफ्नो रिसबारे बोल्दै उनले भने, ‘रिसले गर्दा जब मैले मेरा प्यारा साथी शाहरुख खान र कट्रिनालाई पनि गुमाउन लागेँ तब मैले आफ्नो बानी सुधार्ने कोशिश गरेँ । अहिले भने मैले धेरै रिसाउन बन्द गरिसकेको छु ।’

अमिताभ वच्च्न — बलिउडका बिग बी अमिताभ वच्च्न आफूलाई सबैभन्दा डर कलरफुल लेन्स लगाउनमा लाग्ने बताउँछन् । एक पटक फिल्मको सुटिङमा पनि आप्नो लुक्स बदल्नको लागि उनलाई लेन्स लगाउनु परेको थियो । त्यसबेला नै निकै गाह्रो भएका कारण उनले त्यसदिनबाट कुनै पनि फिल्मको लागि आँखामा केही प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।

सनी लियोनी — अभिनेत्री सनी लियोनीलाई अध्ँयारोदेखि डर लाग्छ । सनी आफूलाई जति डर अध्ँयारोदेखि लाग्छ त्यती डर भूतदेखि पनि नलाग्ने बताउँछिन् । एक पटक पतिसँग भूतको फिल्म हेर्न बस्दा पतिले बत्ती निभाएका थिए । तर, सनी जोडसँग चिच्याउन थालिन् । आफूलाई अध्ँयारोबाट डर लागेर चिच्याएको भनेपछि उनका पति जोडसस्ँग हास्ँन थालेका थिए ।

दिपिका पादुकोण — अभिनेत्री दिपिका पादुकोण आफूलाई एक्लोपनदेखि एकदमै डर लाग्ने बताउँछिन् । आफू एक्लै हुनेवित्तिकै आफूलाई नराम्रा नराम्रा कुराहरु याद आउने गरेको र आफू डिप्रेस्ड हुने उनले बताइन् । त्यसकारण उनी सधैँ आफ्नै मानिसका नजिक बस्न रुचाउँछिन् । यसकासाथै उनी आफूलाई किराफट्यांग्रादेखि पनि एकदमै डर लाग्ने बताउँछिन् ।

शाहरुख खान — अभिनेता शाहरुख खानलाई आफ्नो चर्चा गुमाउने कुराले सधैँ पिरोल्छ । उनी यसको कल्पना पनि गर्न सक्दैनन् । धेरै समयको मेहनत र संघर्ष पनि आफूले यो नाम, इज्जत र पैसा कमाएको कारणले आफूलाई मानिसहरुले चिन्न नछाडुन् जस्तो लाग्ने बताउँछन् । यसकासाथै उनलाई परिवार गठुमाउने कुरामा पनि ठूलो डर भएको बताउँछन् । शाहरुखलाई घोडा चढ्न पनि एकदमै डर लाग्छ ।

सोनम कपूर — बलिउड अभिनेत्री सोनम कपूरलाई लिफ्टदेखि अयन्तै डर लाग्छ । बाल्यकालमा आफू लिफ्टमा फसेकाकारण उनी अहिलेसम्म पनि लिफट चढ्दिनन् । बरु लिफ्टमा जानुको साटो उनी भर्याङ प्रयाग गर्ने बताउँछिन् ।

रणबीर कपूर — अभिनेता रणबीर कपूर ककरोच(साङ्ला) देखि एकदमै डराउँछन् । ककराटको अघि आफू एकदमै डरपोक भएको र १५ वटा ककरोच आफ्नो अघिल्तिर आएमा ह्दयघात नै हुन सक्ने उनले बताए ।

अक्षय कुमार — अक्षय आफू नाच्न भनेपछि एकदमै डराउने बताउँछन् । यदि कसैले नाच्न लगाउँछ भने आफू भित्रभित्रबाटै काँप्न थाल्ने बताउँछन् । अभिनय गर्न जस्तो पनि सक्ने तर नाच्न भनेपछि केही नजान्ने उनी बताउँछन् । विस्तारै विस्तारै सिकोका कारण अहिले उनी अली राम्ररी नाच्न थालेका छन् ।

प्रियंका चोपडा — अभिनेत्री प्रियंका चोपडा आफ्नो मोबाइललाई लिएर निकै डराउने गरेको बताउँछिन् । मोबाइलबिना एक पल पनि रहन नसक्ने बताउँदै प्रियंकाले आफूलाई मोबाइलको ब्याट्रि नसक्किए हुन्थ्यो जस्तो लाग्ने र मोबाइलबारे निकै चिन्ता लाग्ने बताइन् ।

phobia

विशेष