खेल

आर्मीले प्रहरीलाई हरायो

आर्मीले प्रहरीलाई हरायो

जेठ १४ । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

किर्तिपुर मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मीले नेपाल प्रहरीलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको प्रहरीले २५ ओभर ५ बलमा सबै विकेट गुमाउंदै १ सय ९ रन मात्र बनाउन सक्यो ।

प्रहरीका लागि दिपेन्द्र नाथको अर्धशतक र दिपेन्द्रसिंह ऐरीको २२ रन बाहेक अन्य कुनै व्याट्म्यानले दोहोरो अंक छुन सकेनन् ।
प्रहरीलाई सस्तैमा समेटनका लागि त्रिभुवन आर्मीका सुुसन भारीले ६ विकेट लिए भने सोमपाल कामी र सागर पुनले समान २/२ विकेट लिए । जवाफि व्याटिङ गरेको आर्मील ३ विकेट गुमाउंदै लक्ष्य भेट्टायो ।

आर्मीका लागि विनोद भण्डारीले ४६ रन तथा नरेश बुढा ऐरले ४१ रन बनाए । प्रतियोगिताको म्यानअफ द म्याच त्रिभुवन आर्मीका सुसन भारी भए । उनले नगद ५ हजार प्राप्त गरे ।

cricket Nepal

विशेष