समाज

मुस्ताङतिर किन खाइन्छ चौरी गाईको तातो रगत ?

मुस्ताङतिर किन खाइन्छ चौरी गाईको तातो रगत ?

नेपाल देश आफैँमा विविध संस्कृतिहरुले भरिएको छ । संस्कृतिको अथाहा भण्डार भएको यो ठाउँमा जता गए पनि मानिसका आफ्नै संस्कृति र मुल्य मान्यता देखिन्छन् ।

कमै मानिसलाई थाहा हुन सक्छ की मुस्ताङमा चौरी गाईको तातो रगत खाइन्छ । नायक अनमोल केसी अभिनित फिल्म ‘जेरी’ मा चौरी गाईको रगत खाने दृश्य पनि देखाइएको थियो ।

मुस्ताङमा यसरी चौरी गाईको रगत खाने परम्परा पछाडि आफ्नै कथा छ । यसले स्वास्थमा फाइदा पुर्याउँछ भनेर नै उक्त रगत खाइन्छ । मुस्ताङमा चौरी गाईको रगत वर्षमा दुई पटक खाइन्छ । चौरीको घाँटीको रौँ खौरिएर थोरै काटिन्छ र त्यहीबाट रगत जम्मा पारेर पिइन्छ ।

चौरीको ताजा रगत पिउँदा शरीरमा भएको ग्यास्ट्रिक, एसिडिटि, जण्डिस, मंसपेश दुखाई, जिउ सुन्निने जस्ता समस्याहरु निको हुने विश्वास छ । चौरीले यार्सागुम्बा, जटामसी, पाँचऔलेजस्ता जडिबुटि सेवन हुनाले चौरीको रगत उपयोगी हुने बताइन्छ ।

yak

विशेष