मनोरञ्जन

सैलुनको उद्घाटन गरे श्रृष्टी र आयुष्मानले

सैलुनको उद्घाटन गरे श्रृष्टी र आयुष्मानले


काठमाण्डौको दरबारमार्गमा संचालनमा आएको ‘दि भान युनिसेक्स सैलुन’को पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ र नायक आयुष्मान देसराज जोशीले उद्घाटन गरेका छन् ।  नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि उद्घाटन गर्न पुगेकी थिइन् ।

नेपालका अनुभवी तथा भारतबाट झिकाइएका पोख्त ब्यूटिसियन तथा हेयर डिजाइनरहरुबाट यो सैलुनमा सेवा दिइने बताइएको छ । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघकी अध्यक्ष राणाले नेपालमा सैलुन व्यवसायकले गती लिइरहेको समयमा यसरी एकपछि अर्को सैलुन संचालनमा आउनु सुखद भएको बताइन् ।

दि भान युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस एक्टेन्सन, रिफ्लेक्सोलोजी, फेसियल, मसाज, नेलसर्भिस तथा हेयर सर्भिसहरु उपलब्ध रहेको संचालकले बताएका छन् ।

 

विशेष