मनोरञ्जन

यस्ता छन् कलाकारका नराम्रा बानी, खुल्लमखुल्ला नुहाउनेदेखि लिएर नुहाउँदै ननुहाउनेसम्म

यस्ता छन् कलाकारका नराम्रा बानी, खुल्लमखुल्ला नुहाउनेदेखि लिएर नुहाउँदै ननुहाउनेसम्म

सबै मानिसको एउटा न एउटा नराम्रो बानी हुन्छ । बलिउडका र हलिउडका यस्ता धेरै कलाकारहरु छन् जो यस्ता नराम्रा बानीको शिकार भएका छन् । यस्ता छन् यी कलाकारका नराम्रा बानी ।

१) सुस्मिता सेन — बलिउड अभिनेत्री सुस्मिता सेन खुुल्ला छतमा बसेर नुहाउन मन पराउँछिन् । घरको छतमाथि बसेर नुहाउनकै लागि उनले छतमा बाथटब पनि राखेकी छिन् । उनी अक्सर खुल्ला आकाश मुनी नुहाउँछिन् । यतिमात्र होइन सुस्मिता सर्प पाल्न पनि सौखिन छिन् । कुनै समय उनले पाइथन पनि पालेकी थिइन् ।

२) शाहरुख खान — शाहरुख खानलाई जुत्ता लगाइरहने बानी छ । उनी एक पटक लगाएको जुत्ता विरलै खोल्छन् । एक अन्तवार्तामा उनले आफू कहिलेकहीँ त जुत्ता नै लगाएर सुत्ने गरेको बताएका छन् ।

३) ब्राड पिट — हलिउड सुपरस्टार ब्राड पिटलाई नुहाउन मन लाग्दैन । यतिमात्र होइन उनले हप्तामा एक दिन नुहाउनु पनि ठूलो कुरा बन्छ । धेरै पटक उनका नजिक जानेहरु पनि उनको शरीरबाट आउने दुर्गन्धदेखि दिक्क भएका थिए ।

४) ब्रिट्नी स्पीयर्स — हलिउडकी चर्चित गायीका ब्रिट्नी स्पीयर्स फोहोरमा बस्न रुचाउँछिन् । उनको बेडरुम सधैँ भताभुंग पारिएको लुगाले भरिएको हुन्छ । यसबाहेक उनी ब्रस गर्न पनि रुचाउँदिनन् । जसको कारण उनको मुखबाट गन्हानउने गन्ध आउने गर्छ । यतिमात्र होइन उनी नुहाउन पनि मन पराउँदिनन् ।

५) रोबर्ट पेटिसन — हलिउड स्टार रोबर्ट पेटिसन आफ्नो कपाल धुन मन पराउँदैनन् । उनी आफ्नो कपाल विरलै धुने गर्छन् ।

६) जोनी डिप — हलिउड स्टार जोनी डिपलाई लु्गा फेर्न मन पर्दैन । कहिलेकहीँ त उनी हप्तौसम्म एउटै लुगा लगाएर हिँडीरहेका हुन्छन् ।

 

७) लियोनार्दो डिकार्पियो — हलिउड सुपरस्टार डिकार्पियोलाई पनि नुहाउन मन लाग्दैन । उनी हप्तामा एक दुई पटकमात्र नुहाउने गर्छन् ।

विशेष