समाज

डा.केसीको अनशन स्थगित, अवरोध गर्न राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन सफल

डा.केसीको अनशन स्थगित, अवरोध गर्न राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन सफल

जेठ १४ । दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनशन बस्नका लागि दाङको घोराही आइपुगेका डा।गोविन्द केसीको अनशनस्थल फेरिएको छ । डा।केसीको अनशनमा अवरोध गर्न शनिबार  बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ ।

आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डा.केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्नेछन् ।

आइसियुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित शनिबार बिहान प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले शौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डा.केसीको अनशनस्थल परिवर्तन गर्न सफल भएको हो ।

आफ्ना माग पूरा नहुँदासम्म काठमाडौं नफर्कने भन्दै दाङ आइपुगेका डा. केसीले आइतबार  दिउँसो २ बजेसम्मका लागि अनशन राकेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ बजेसम्मका लागि समय माग गरेपछि शनिबार अपराह्न ४ बजेबाट सुरु गर्ने भनिएको अनशन अाजसम्मका लागि रोकिएको डा. केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए ।

Dr. Gobinda Kc

विशेष