समाज

झलक सुवेदीले अस्विकार गरे मानपदवी !

झलक सुवेदीले अस्विकार गरे मानपदवी !


जेठ १५ । राजनीतिक विश्लेषक झलक सुवेदीले समेत सरकारले दिएको पदक अस्विकार गरेका छन् । सामाजिक संजाल ट्वीटर मार्फत स्टाटस लेख्दै उनले आफूलाई दिएको पदक अस्विकार गर्न निर्णय गरेका हुन् ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ । जसमा जनसेवाश्री मानपदवी पाउनेहरुको सूचीमा कास्कीका झलक सुवेदीको नाम पनि छ ।

तर, सुवेदीले ‘आफ्नो नाम गरेकाले मापदवी पाएको सुनेको’ भन्दै प्रतिक्रिया दिएका छन् ‘मलाई दिइएको हो भने म त्यस्तो पदक अस्वीकार गर्छु ।’ सरकारको यो कदमले आफ्नो सम्मान नभई अपमान भएको उनले बताए ।

राजनीतिक विश्लेषक सुवेदीले ट्वीट गर्दै भनेका छन, ‘सामन्ती संस्कृतिको यो पराम्पराप्रति विरोध छ । यसको परम्परा, संस्कृति, छनोट मापदण्ड सबैप्रति मेरो असहमति छ । यसलाई सम्मान होइन, सार्वजनिक अपमान ठान्छु । 

https://twitter.com/makaikhole/status/869018040901419008

Jlak Subedi

विशेष