गणतन्त्र बिरोधी शक्तिको केन्द्रमा, शहीद परिवार आशुँको आहालमा
सागर बुढाथोकी
२०६२ –६३ को आन्दोलनमा कमल थापा गृहमन्त्री थिए । आन्दोलन दबाउन उनको महत्वपुर्ण भुमिका थियो । दुर्जकुमार राईलाई नचिन्ने कमै होलान् । धेरैले उनलाई दोस्रो जनआन्दोलन ६२ र ६३ मा सर्वसाधारणलाई गोली चलाउने प्रहरी अधिकृत भनेर चिन्छन् । त्यतिबेला उनले पेस्तोल ताकेर गोली चलाएको तस्वीर ‘भाइरल’ बनेको थियो । हाल उनी शशस्त्र प्रहरीका आईजीपीबाट ‘रिटार्यड लाईफ’ बिताइरहेका छन् । त्यती बेला उनले धेरै जनालाई गोली ठोकेर शहिद बनाएका थिए ।
राई र थापा गणतन्त्रअघि पनि सत्ता र शक्तिको केन्द्रमा थिए । गणतन्त्रपछि पनि उनीहरु बारम्बार सत्ता र शक्तिमै रहे । अहिले पनि उनीहरु शक्ति केन्द्रकै वरिपरि घुमिरहेका छन् । पद पाएर होस,या नपाएपनि ।
देशमा गणतन्त्र आएको १२ बर्ष बितिसक्यो । यो बिचमा देशमा बिभिन्न राजनितिक दलका सरकार आए गए । तर, शहिदको सपना अझै साकार भएको छैन ।
शहिद परिवार भन्छन, ‘अझै साकार हुने छाट छैन ।’
के भन्छन शहिद परिवार
काभ्रेका शहिद भिमसेन दहालका छोरा दिनेश दहाल राज्यले शहिद परिवारलाई उपेक्षा गरेको बताउछन । उनी भन्छन, ‘दुख लाग्छ हाम्रो देशमा परिवारको सम्मान छैन । आन्दोलनमा बुवा बित्नु भो, त्यसपछि कमाउने कोही छैन, ममीले सानो तिनो काम गरेर पढाउदै हुनुहुन्छ । कष्ट संग जिवन बिताउदै छौँ ।’
अर्का शहिद बिष्णु बहादुर कुवरका बुवा शिवहरी कुबर भन्छन, ‘देशमा गणतन्त्र आएको धेरै पछि संबिधान आएको छ । त्यो कार्यन्वयन भएमा शहिद परिवारलाई सच्चा श्रद्धान्जली हुने थियो ।’ उनी थप्छन्, ‘आफ्नो छोरो जस्तो हजारौले देशको लागी ज्यान आहुती दिए । तर, देश सुध्रिएन् । शहिदको सम्मान भएन् । यस्तै हो भने शहिदको श्रापले नेताहरुलाई सराप्छ । २० बर्ष को छोरोको छातीमा गोली लागेर मर्दा हाम्रो बेहाल भाको छ । तर, यो कुरा नेताहरुले कहिल्लै फिल गर्दैनन ।’
तस्विर स्रोत ः इन्टरनेट अर्काइभ
durja kumar rai ganantra diwas