मनोरञ्जन

मलाइका अरोराप्रति सामाजिक सञ्जालकर्ताहरुको आक्रोश

मलाइका अरोराप्रति सामाजिक सञ्जालकर्ताहरुको आक्रोश

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा खानप्रति सामाजिक सञ्जालकर्ताहरु रिस खनाउन पुगेका छन् । हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा हालेको फोटोले यतिबेला तहल्का मच्चाएको छ ।

पछाडिको भाग अर्धनग्न बनाएर ‘हिप’ मा भएको ट्याटु देखाइएको उक्त फोटोमा धेरैले आक्रोश पोखेका छन् । कतिले उनलाई लाज नपचेको सज्ञां दिएका छन् भने कतिले यस्तै मोजमस्ती गर्नकै लागि अर्बाजलाई डिभोर्स दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । कतिले भने पुरै कपडा खोलेरै बस्न पनि सुझाव दिएका छन् भने कतिले बलिउडमा लाज नभएकीको संज्ञासमेत दिएका छन् ।

मलाइका र अर्बाजको केही समयअघि कानूनी रुपमै डिभोर्स भएको हो । उक्त फोटो केही दिन अघि निर्माता तथा निर्देशक करण जोहरको जन्मदिनमा खिचिएको थियो ।

 

malaika arrora

विशेष