स्वास्थ्य

राम्रोसँग निद्रा लाग्दैन ? यी खानेकुरा खानुहोस्

राम्रोसँग निद्रा लाग्दैन ? यी खानेकुरा खानुहोस्

हाम्रो निन्द्रा लाग्नुमा खानेकुराको पनि असर परेको हुन्छ । यस्ता धेरै खानेकुरा छन् जसको कारण मस्त निन्द्रा लाग्छ । कहिलेकाहिँ फ्याटी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हो तर नियमित रुपमा यस्ता खानेकुरा खाँदा यस्ता खानेकुराले निन्द्रा भने भगाइदिन्छन् । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार उच्च चिल्लोयुक्त खानेकुार खाने मानिसलाई दिउँसको समयमा बढी निन्द्रा लाग्छ ।

१) क्याफिन ः कफी आफैमा शक्तिबद्र्धक पदार्थ हो । कफी पिउदा प्राय मानिस रातमा पनि जाग्राम बस्छन् । तर, दिउसोको समयमा एक पटक कफी खाँदा निन्द्राबाट मुक्ती हुन्छ र हाम्रो दैनिकी सहज हुन्छ । गर्भवती र बालबालिकालाई कफीले फाइदा गर्दैन । दिउसोमा दुई तीन पटक वा राती सुत्नुअगाडि कफी खाँदा इन्सोमेनिया वा निन्द्रामा असन्तुलन हुन्छ ।

२) गुलियो खानेकुरा ः गुलियो खानेकुराले हाम्रो निन्द्रालाई नकरात्मक अशर गर्छ । त्यही भएर प्राय महिलाले आफ्ना नानी बाबुलाई सुत्नु अगाडि गुलियो खानेकुरा, क्यान्डी तथा चकलेट खान दिँदैनन् । चिनिलाई शरिरले सजिलै गलाइदिन्छ जसका कारण ब्लड ग्लुकोजको तहमा उतारचढाब ल्याइदिन्छ । फस्वरुप तपाईलाई निन्द्राबाट बञ्चित गर्छ ।
मरिच, खुर्सानी र अत्यधिक मसलायुक्त खानाले पनि कतिपय मानिसको पाचन प्रणालीमा असर गर्छ । जसका कारण निन्द्राको सन्तुलन विग्रन्छ । अझ सुत्ने समयमा मसलादार खानेकुरा खाँदा त रातभर जाग्राम बनाइदिन्छ ।

३) फास्ट फुड ः प्रायजसो प्याकेटमा उपलब्ध हुने फास्ट फुड तपाईको निन्द्राका शत्रु नै हुन् । चिल्लाा, कार्बोहाइड्रेडयुक्त, सन्तृप्त फ्याट र सोडियमको मात्रा उच्च भएका खानेकुराले रातको निदलाई नकरात्मक असर गर्छ ।

४) मदिरा ः मदिराले गहिरो निन्द्रा लाग्नुका साथै घुर्ने सम्भावना पनि उत्तिकै हुन्छ । नशाको सुरुमा केही समय गहिरो निन्द्रा लागे पनि केही समयपछि अनिन्द्रा बढ्नुका साथै दिउसभर आँखा झुल्छ ।
— स्वास्थखबरबाट

Sleeping

विशेष