समाज

होटल र्याडिसनका निर्देशक बीके श्रेष्ठको निधन

होटल र्याडिसनका निर्देशक बीके श्रेष्ठको निधन


जेठ १६ । होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष तथा लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठ ४० वर्षदेखि पर्यटन उद्योगमा सक्रिय थिए । श्रेष्ठले चार दशकअघि हिमालयन ट्राभलको ट्राभल एजेन्सी स्थापना गरेर पर्यटन क्षेत्रमा लागेका थिए। त्यही ट्राभल कम्पनीमार्फत् सफलता हात पार्दै उनी होटल व्यवसायतर्फ लागेका थिए । उनीले स्थापना गरेको रर््याडिसन काठमाडौंका उत्कृष्ट पाँचतारे होटल माननिन्छ ।

मंगलबार बिहान भैँसेपाटीस्थित निवासमा ६८ वर्षको उमेरमा उनको निधन भएको हो । क्यान्सर संक्रिमित उनको अस्पतालमा सघन उपचारपछि चिकित्सकले निवासमै उपचार गर्दै आएका थिए।

श्रेष्ठका श्रीमती र तीन छोरी छन् । जेठी छोरी अमेरिकामा छिन् । माइली छोरीले र्याडिसनको व्यवस्थापन हेर्दै आएकी छिन् । कान्छी छोरी काठमाडौंमै अध्ययनरत छिन् ।

BK Shrestha

विशेष