मनोरञ्जन

प्रभाससँगको विवाहबारे अनुष्काले दिइन् यस्तो बयान

प्रभाससँगको विवाहबारे अनुष्काले दिइन् यस्तो बयान


केही समयअघि बाहुबलीका अभिनेता प्रभास र अभिनेत्री अनुष्का शेट्टीको विवाहको हल्लाले सञ्चारमाध्यम तातेको थियो ।

६ हजार विवाहको प्रस्ताव अस्वीकार गरेका प्रभासले अनुुष्कासँग विवाह गर्ने खबर छाएको थियो ।

तर, यस्ता खबरहरुले भने अभिनेत्री अनुष्का शेट्टी दुःखी भएकी छिन् । रिपार्टअनुसार उनले प्रभास र आफ्नो अफेयरको खबर फिल्मकै टिमको कोही व्यक्तिले फैलाएको बताएकी छिन् ।

यस्ता खबरको खण्डन गर्दै उनले आफूले जुन फिल्ममा काम गर्यो त्यही हिरोसँग आफ्नो नाम जोडिने गरेको बताएकी छिन् । प्रभास र अनुष्का फेरि पनि छिट्टै आउँदो फिल्म ‘साहो’ मा देखिँदै छन् ।

– एजेन्सी

Anuska Shetti

विशेष