मनोरञ्जन

पहिलो फिल्म पनि रिलिज नभई नायक आशिरमानलाई १५ लाखमा अनुबन्धित

पहिलो फिल्म पनि रिलिज नभई नायक आशिरमानलाई १५ लाखमा अनुबन्धित


जेठ १६ । नपाली सिनेमा क्षेत्रमा भर्खरैमात्र प्रवेश गरेका नायक आशिरमान जोशीलाई १५ लाखमा एक निर्माताले फिल्ममा अनुबन्ध गराएका छन् ।

आशिरमानको आउँदो फिल्म ‘ग्याङस्टार ब्लुज’ को केही समयअघिमात्र टिजर रिलिज भएको थियो । अनमोल केसी स्टार फिल्म ‘गाजलु’ बाट राम्रै सफलता हात पारेका निर्माता रोहित अधिकारीले आशीरमानलाई उक्त फिल्ममा अनुबन्ध गराएका हुन् । हिजो सोमबार उनीहरु दुईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ ।

‘ब्रेकअप’ नाम रहेको उक्त फिल्मको लागि आशिरमानलाई १५ लाखमा अनुबन्ध गरिएको हो । १३ लाख पारिश्रामिक, १ लाखको कस्टुम र फिल्म हिट भएमा १ लाख थप गर्ने सम्झौतासहित उनलाई अनुबन्ध गराइएको हो ।

फिल्म कूल २ करोड ३० लाखको लागतमा बन्दैछ । हेमराज बीसीले निर्देशन गर्न लागेको उक्त फिल्म फागुन ४ गतेको लागि रिलिज डेट लक गरिएको छ । हालसम्मको लागि भने हिरोइनको टुंगो भएको छैन । तर फिल्ममा भने नयाँ नायिकालाई नै लन्च गर्ने बताइएको छ ।

नायक आशीरमान बैंकर रविना देशराज श्रेष्ठका छोरा हुन् भने ‘चपली हाइट २’ का नवनायक आयुष्मान देशराज जोशीका भाइ हुन् ।

विशेष