मनोरञ्जन

हिन्दी फिल्ममा काम गर्न चाहँदैनन् ब्राड पिट यस्तो छ कारण

हिन्दी फिल्ममा काम गर्न चाहँदैनन् ब्राड पिट यस्तो छ कारण

हलिउड सुपरस्टार ब्राड पिट आफ्नो आउँदो फिल्म ‘वार मेसिन’ को प्रचारका लागि भारत आएका थिए ।

सोहि क्रममा बलिउड सुपरस्टार शाहरुख खानसँगको कुराकानीको क्रममा उनलाई बलिउडमा काम गर्न इच्छा छ या छैन भन्ने प्रश्न गरियो । जवाफमा उनी आफू बलिउडमा काम गर्न सक्षम नभएको बताए ।

बलिउडका अभिनेता अमिताभ बच्चन, प्रियंका चोपडा, दिपिका पादुकोणले हलिउडमा पनि आफ्नो प्रभाव जमाउँदा पिटलाई पनि बलिउडमा देख्न सकिन्छ भन्ने प्रश्न गरिएको थियो । तर, बलिउड फिल्ममा नाच्न पनि जान्नुपर्ने भएकाले उनले आफूमा बलिउड फिल्ममा काम गर्ने क्षमता नभएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पिटले भने, ‘म हिन्दी फिल्मको एकदम सम्मान गर्छु । यहाँको फिल्मको अलग पहिचान छ । ’

एजेन्सी

विशेष