स्वास्थ्य

जाजरकोटमा स्वास्थ्य विमा लागू हुने

जाजरकोटमा स्वास्थ्य विमा लागू हुने

जाजरकोट । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सवैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रम जाजरकोटमा शुरु हुने भएको छ ।

नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्य अनुरुप राष्ट्रिय स्वास्थ्य विमा नीति र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बमोजिम आर्थिक बर्ष २०७२/७३ मा कैलाली जिल्लाबाट शुरु गरिएको स्वास्थ्य विमा चालु आवसम्म इलाम, बाग्लुङ, म्याग्दी, कास्की, पाल्पा, अछाम र बैतडी गरी आठ जिल्लामा यो कार्यक्रम संचालन भैसकेको छ भने जाजरकोट लगायतका ५ जिल्लामा असार १ गते देखी कार्यक्रम संचालन गरिने भएको छ । भदौ सम्म २५ जिल्लामा स्वास्थ्य विमा लागू हुने स्वास्थ्य मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।

पाँच जना सम्मको परिवारले बार्षिक दुई हजार पाँच सय रुपैयाँ विमा बापत रकम तिर्न पर्छ र सो बापत उक्त परिवारले पचास हजार सम्मको उपचार खर्चको सुविधा पाउने ब्यवस्था गरिएको छ । पाँच जना भन्दा बढी परिवार भएमा प्रति सदस्य दुई हजार पाँच सयमा थप चार सय पच्चिस रुपैया तिर्न पर्ने ब्यवस्था गरिएको छ ।

तर अति गरीव र जोखिममा परेका परिवारको परिचयपत्रका आधारमा विमा रकममा ५ प्रतिशत देखी पुरै रकम छुट गर्न सकिने कार्यविधिमा उल्लेख छ । स्वास्थ्य विमा गराउनका लागी हरेक वडामा दर्ता सहयोगी राख्ने ब्यवस्था गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका जिल्ला प्रबन्धक हिमलाल ज्ञवालीले जानकारी दिए ।

‘स्वास्थ्य विमा कार्याक्रमले गरीव र विपन्न बर्गको उपचार सेवामा पहुँच पुग्ने विश्वास लिईएको छ’, उनले भने । हाल सम्म त्रियासी हजार जनाले स्वास्थ्य विमा गराएका छन् ।

health insurance

विशेष