खेल

एपीएफ र फ्रेन्ड्स क्बल विजयी

एपीएफ र फ्रेन्ड्स क्बल विजयी


जेठ १६ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी बलले जित दर्ता गरेका छन् ।

रुमेस बर्तौलाले २ गोल गरेपछि फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–०ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोश्रो हाफमा फ्रेन्ड्सले आक्रमक फुटबल खेल्दै मनाङलाई हराउन सफल रह्यो ।

त्यस्तै पहिलो खेलमा सशस्त्र प्रहरी बलले १ गोलले पछि परेको स्थितिलाइ उल्टाउदै सरस्वति क्लबविरुद्ध ३–२ को जित हात पार्यो । पहिलो हाफको अन्तिम समयमा ओम प्रकाश सिंहले गोल गर्दै सरस्वतिलाइ अग्रता दिलाएका थिए । तर दोश्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अजित वाइबाले ६१औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

अजितले ७६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि ओम प्रकाशले ८५औं मिनेटमा पुनः गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । सिद्धार्थ बलले खेलको दोश्रो हदको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि एपीएफको जित पक्का भएको थियो । प्रतियोगिता अन्र्तगत आज जावलाखेल युथ क्लबले हिमालय शेर्पाको सामना गर्ने छ भने नेपाल प्रहरीले व्वाइज युनियनसंग खेल्ने छ ।

Lalit Memorial Football

विशेष