खेल

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफको विजयी सुरुवात

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफको विजयी सुरुवात


जेठ १६ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले पश्चिमाञ्चललाई डकवर्थ लेविस पद्दतिका आधारमा १६ रनले पराजित गर्दै २ अंक हात पार्यो ।

पहिलो इनीङमा ३७ ओभर खेलेपछि वर्षाबाधक बनेपछि दोश्रो इनिङ्सको खेलमा २० ओभरमा झारिएको थियो । पहिले व्याटिङ गरेको एपिएफले ३७ ओभरमा १ सय ६० रन बनाएको थियो । एपिएफका लागि सुवास खकुरेलले ५० र ज्ञानेन्द्र मल्ल ले ३३ रन बनाएका थिए । जवाफि व्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १ सय ३१ रन बनायो । जसमा सौरभ खनालका नाममा ९० रन बनायो ।

एपिएफका कप्तान ज्ञानेन्द्र मल्लले ३ विकेट लिए । सर्वाधिक राशीको खेलको विजेताले २० लाख र उपविजेताले १० लाख नगद प्राप्त गर्ने छ । प्रतियोगिता अन्र्तगत अहिले मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल बिच खेल भइरहेको छ ।

PM cup Cricket

विशेष