मनोरञ्जन

किताब लेख्दै करिना !

किताब लेख्दै करिना !


बलिउड अभिनेत्री करिना कपुरले दुई जिउकी हुँदाको अनुभव समेटेर किताब लेख्ने भएकी छिन् ।

करिना कपुरले पेट बोकेको बेला पनि काम गर्न छोडेकी थिइनन् । छोरा तैमुर जन्मेको ४५ दिनमै उनी पार्टीहरुमा भाग लिन थालेकी थिइन् । यस्तै अनुभवहरुलाई आफ्नो किताबमा समेट्ने उनको योजना छ । आफ्नो किताबमा गर्भवती महिलाहरुलाई प्रेरणा दिने करिनाले सोचेकी छिन् ।

, ‘किताबमार्फत उनी आफ्ना बिचारहरुलाई अरुसम्म र्पुयाउन चाहन्छिन् । उनी यो मान्यतालाई पनि भत्काउन चाहन्छिन् कि बच्चा जन्माएपछि कुनै पनि अभिनेत्रीको करिअर अन्त्य हुन्छ ।’

गर्भवती हुँदाका बखत लुकेर बस्नु हुँदैन भन्ने सन्देश करिनाले किताबमार्फत दिनेछिन् । यसका अलावा गर्भवती अवस्थामा आफ्नो खानपान र तौल कमगर्ने तरिका पनि किताबमा संलग्न गरिनेछ ।

Karina Kapoor

विशेष