समाज

तनहुँमा माइक्रोबस दुर्घटना, १३ घाइते ४ को अवस्था गम्भिर

तनहुँमा माइक्रोबस दुर्घटना, १३ घाइते ४ को अवस्था गम्भिर

जेठ १६ । पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहेको ग१ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस मंगलबार बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते १३ मध्ये ४ को अवस्था गम्भीर छ । घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

road accident

विशेष