मुख्य समाचार

मकवानपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु, ११ घाइते

मकवानपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु, ११ घाइते


जेष्ठ १७ । मकवानपुरको मनहरी गाउँपालिका–६ मा बस र टिपर ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापातर्फ जांदै गरेको बस र हेटौंडाबाट चितवनको भरतपुरतर्फ गइरहेको टिपर बुधबार बिहान करिव ५ बजे ठोक्किएको थियो । घटनास्थलमा रहेका प्रहरीका अनुसार काठमाडौंबाट आएको ना५ख ६१२३ र भरतपुरतिर गइरहेको ना४ख ८३ नम्बरको टिपर जुध्दा भारतीय नागरिक सहित एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाका २९ वर्षीय शेरबहादुर लाभा र भारत कुलइया घर भएका ३० वर्षीय मोहम्मद साल्लगी छन् ।

विशेष