मनोरञ्जन

झुटो साबित भइन् परिणीत

झुटो साबित भइन् परिणीत


जेठ १७ । बलिउड अभिनेत्री परिणीती चोपडा यतिबेला चर्चामा आएकी छिन् ।

कारण, उनको फिल्मले गर्दा होइन । उनले केही समयअघि मिडियामा बोलेको कुरालाई उनकी आफ्नी विद्यालयकी साथीले झुटो साबित गरिदिएकी छिन् ।

केही समयअघि अक्षय कुमारसँग एक कार्यक्रममा बोल्दै परिणीतीले । कुनै समय स्कुल जाँदा स्कर्ट लगाएर साइकल चढेर जाने गरेको र केटाहरुले स्कर्ट तानिदिने गरेको उनले बताएकी थिइन् ।

तर, उनीसँगै स्कुल पढेकी उनकी साथीले उनीसँग स्कुल पढ्दाको फोटो फेसबुकमा सेयर गर्दै परिणीतीलाई सधैँ उनका बाबुले कारमा स्कुल छोडिदिने गरेको र उनीसँग साइकल नभएको बताएकी थिइन् ।

यसलाई समर्थन गर्दै उनका अन्य साथीहरुले पनि परिणीती उनकी दिदी प्रियंका चोपडाले गर्दा चर्चामा भएको र स्कुलमा उनलाई कसैले त्यस्तो व्यवहार गर्न पनि आँट गर्न नसक्ने जिकिर गरेका छन् ।

विशेष