इतिहासमा आज

धुप्रपानका कारण नेपालमा वर्षेनी २५ हजार मानिसको मृत्यु

धुप्रपानका कारण नेपालमा वर्षेनी २५ हजार मानिसको मृत्यु


जेठ १७ । आज विश्व धुम्रपान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैं छ ।

विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षेनि ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन । सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हँुदाहँुदै पनि मानिसले सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले वार्षिक ७० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ ।

नेपालमा पनि सूर्तीजन्य पदार्थको कारणबाट वार्षिक २५ हजार मानिस मर्ने आकलन छ । नेपालमा नसर्ने रोगको तथ्याङ्क ४२ प्रतिशत हुँदा धूमपानबाटै वर्षेनि १५ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले २५ हजार नेपालीको मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदयरोग लगायतको समस्या निम्तिनसक्नुका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्ने जरुरी भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ । नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सुर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ ।

World Tobaco Day

विशेष