मनोरञ्जन

दिपेन्द्र र देवयानीको प्रेमकथामा फिल्म बन्ने, प्रदिपले निभाउने भए दिपेन्द्रको भूमिका

दिपेन्द्र र देवयानीको प्रेमकथामा फिल्म बन्ने, प्रदिपले निभाउने भए दिपेन्द्रको भूमिका

जेठ १४ । नेपालको राजववंशलाई नै उल्टाइदिएको संवेदनशील प्रेमकथाबारे फिल्म बन्ने भएको छ । पूर्वराजा दिपेन्द्र शाह र राप्रपाका नेता पशुपति शम्शेर राणाकी छोरी देवयानीको प्रेमकथामा आधारित फिल्म बन्ने भएको छ ।

देवयानीसँग दिपेन्द्रको लामो प्रेमसम्बन्ध रहेको थियो । तर, उनकी आमा पूर्वरानी ऐश्वर्या राज्यलक्ष्मी शाह यो प्रेमविरुद्ध थिइन् । यही विषयमा आमासँग भएको मनमुटावले ठूलो रुप लिँदा दिपेन्द्रले आफ्नो वंश नाश गर्न पुगेको बताइन्छ ।

राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’ मा आधारित रहेर फिल्म ‘दिपेन्द्र सरकार’ निर्माण गरिने बुधबार एक पत्रकार सम्मेलनमा घोषणा भएको छ । यद्यपि उक्त पुस्तक दिपेन्द्र र देवयानीको प्रेमकथाको गहिराइमा पुगेको छैन ।

आशुषेन फिल्मस्को ब्यानरमा ‘दीपेन्द्र सरकार’ बन्ने भएको हो । निर्माता सन्तोष सेनले यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताएका छन् ।
फिल्मका लागि ‘मैले देखेको दरबार’ को प्रतिलिपि अधिकार किनिसकेको उनले जानकारी दिए । यो चलचित्रको प्रदर्शन मिति वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो ।

नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने भनिएको यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ का नायक प्रदिप खड्का पत्रकार सम्मेलनमा राजाको भेषमा पुगेका थिए । उनले दिपेन्द्रको चरित्रमा ढल्नका लागि लागि आफू मोटाउने बताएका छन् । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको चलचित्र बनाइनेछ ।

 

pradeep khadka

विशेष