मनोरञ्जन

चामल चोरेर फिल्म हेर्थे

चामल चोरेर फिल्म हेर्थे


सानैदेखि उग्र स्वाभावको थिएँ । साथी पनि मजस्तै थिए । हाहो मा केके पो गरियो बदमासी नै बढी गरयो । पाँच कक्षामा पढ्दाताकाको एउटा घटना चाँही खुब स्मरण हुन्छ । त्यतिखेर म घरभित्रकै चोर थिएँ । र फिल्म हेर्न जान्थेँ । घरबाट चोरेको चामल बेच्थे । मेरा अरु तीन–चारजना साथीको पनि काम यही नै हुन्थ्यो ।
घरमा चोरेको चामल स्कुल नजिकै पसल थापेका एकजना काकाकोमा लगेर बेच्थे । मैले चोरेको चामल उनी किनिदिन्थे तर, मलाई पनि खुब काबुमा राख्थे । निकै सस्तोमा बेच्नु पथ्यो चामल ।

धेरै नै पटक चामल चोरेपछि त घरमा पनि थाहाँ हुँदै गएछ । म शंकाको घेरामा परिसकेको थिए । एक दिन बा–आमा बाहिर भएको बेलामा लुसुक्क घरभित्रबाट चामल चोरेर भाग्दै गर्दा बाले बाटोमा भेटेर दुई झापड मज्जाले बजाउनु भयो । त्यसपछि घरभित्रको केहि चोर्न छाडे ।

नयाँ पत्रिका 

Surbir Pandit

विशेष