खेल

पुलिस र हिमालयन शेर्पाको विजयी शुरुवात

पुलिस र हिमालयन शेर्पाको विजयी शुरुवात


जेठ १७ । ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजयी शुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ब्रिगेड व्वाइज र शेर्पाले जावलाखेल युथ क्लबमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

ब्रिगेड व्वाइजमाथि १–० को कठिन जित निकाल्ने क्रममा पुलिसका रेजिन सुब्बाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

यता, मंगलबारै भएको अर्काे खेलमा अविनाश थापाले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेको खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेलमाथि ४–३ को कठिन जित निकाल्यो । १० औं मिनेटमा अविनाशको गोलबाट शेर्पाले सुरुवाती अग्रता लिएको थियो । २५ औं मिनेटमा व्यत्तिगत दोस्रो गोल गरे । का थापाले इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुदैछ । पहिलो खेलमा झापा–११ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

U-18 Football

विशेष