मुख्य समाचार

फेरि सर्यो चुनाव, असार १४ मा हुने

फेरि सर्यो चुनाव, असार १४ मा हुने


जेठ १७ । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो । यसअघि तय गरिएको असार ९ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान परेकाले सरकारले मिति सारेको हो ।

मुस्लिम समुदायका अगुवाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर चुनाव सार्न माग गरेका थिए। जेठ ३१ गते गर्ने भनिएको चुनाव गत सोमबार मात्र सरकारले असार ९ मा सार्ने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले श्रीलङ्काका बाढी पीडितका लागि ५० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।

Mantri Parisada

विशेष