समाज

पराजुलीले सम्हाले कार्यवाहक प्रधानन्यायाधीश

पराजुलीले सम्हाले कार्यवाहक प्रधानन्यायाधीश

वैशाख १८ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार नै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतस् निलम्बनमा परेकी छन् । आइतबार सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले सरकारको निर्णयमा हस्तक्षेप गरेको, अदालतबाट त्रुटिपूर्ण फैसला आउन थालेको र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यकारी निकायमाथि हस्तक्षेप गरेको लगायतका आरोप लगाइएको छ ।

कांग्रेसका मीन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्ताव दर्ता भएपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् ।

विशेष