देश

जाजरकोटमा बिबाहको भोज खान गएका एक जनाको मृत्यु

जाजरकोटमा बिबाहको भोज खान गएका एक जनाको मृत्यु
-  दीपबहादुर घर्ती बैसाख - १८ । भेरी नगरपालीका–२ दारनेटामा बिबाहको भोज खान गएका एक जनाको मृत्यु भएको छ । बिबाहको भोज खाएर बेलुका सुतेकै अबस्थामा उनको मृत्यु भएको हो । भेरी नपा–२ ओखारेका गोरख घर्तीको छोरीको बिबाहको भोज खान आईतवार साँझ दारनेटा निवासी ७० बर्षिय कालो पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बिबाहको भोज खाएर त्यसै घरमा सुतेका ७० बर्षिय पुनको सुतेकै अबस्थामा मृत्यु भएको पुनको पारीवारिक श्रोतले जानकारी दिएको छ । पुन मृत्युभएको खबर प्राप्त हुन वित्तिकै जिल्ला प्रहरी कार्यालयको एक टोली घटना स्थलमा पुगेर घटानास्थल र लासको मुचुल्का गरी लास पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धि प्रहरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक भावेष रिमालले जानकारी दिए । त्यसैगरी जुनीचाँदे गाउपालीका–९ का २६ बर्षिय प्रेमबहादुर बस्नेतको सानाखोलामा माछा मार्न गएको अबस्थामा खोलामा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । आईतवार माछा मार्न खोलामा पुगेका बस्नेत डुवेर शक्त घाईते अबस्थामा आफन्तहरुले फेला पारी उपचारका लागि स्वास्थ्य चौकी तर्फ लिदै गर्दा बिचवाटोमै मृत्यु भएको बताईएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

Death

विशेष