समाज

जाजरकाेटः अध्ययनशील बानी विकासका लागि पढाइ मेला

जाजरकाेटः अध्ययनशील बानी विकासका लागि पढाइ मेला

- दीपबहादुर घर्ती बैसाख - १८ । बिद्यालय उमेर समुहका बालबालीकाहरुमा अध्ययनशिल बानीको बिकास गराउन जाजरकोट जिल्ला सदरमुकाममा पढाई मेला सम्पन्न भएको छ । युरोपियन युनियनको सहयोगमा जिल्ला शिक्षाकार्यालय, भिएसओ नेपाल तथा आसमान नेपालद्धारा संयुक्त रुपमा जाजरकोटमा आयोजित बहृत पढाईमेला सनीवार सम्पन्न भएको हो । घर, समुदाय तथा विद्यालयमा पढाई संस्कार प्रर्वधन गरी बालबालिकाको पढाई बानीको विकास गर्ने उद्देश्यले पढाई मेलाको आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
उल्लेख्य सहभागिता रहेको उक्त मेलामा नेपाली क्रियाकलाप स्टल कक्षा—१, नेपाली क्रियाकलाप स्टल कक्षा—२, नेपाली क्रियाकलाप स्टल कक्षा—३, गणित क्रियाकलाप स्टल कक्षा—१, गणित क्रियाकलाप स्टलकक्षा—२, गणित क्रियाकलाप स्टल कक्षा—३, नेपाली शैक्षिक सामाग्री स्टल, गणित शैक्षिक सामाग्री स्टल, घरमा पढाई कुना स्टल तथा सृजनात्मक क्रियाकलाप स्टल गरी जम्मा १० वटा स्टलहरु राखिएको थियो ।
२ हजारभन्दा बढिले अवलोकन गरेको पढाईमेलामा जिल्लाका करिव ४० विद्यालयबाट कक्षा १ देखि ३ सम्मका ५ सय ५६ जना विद्यार्थिले विभिन्न सिकाईमुलक क्रियाकलापमा भाग लिएर पुरस्कार जितेको आसमान नेपाल जिल्ला संयोजक नेत्रलाल सुनारले जानकारी दिए । जिल्ला सदरमुकाममा पहिलोपट लागेको पढाई मेलाले बालबालिकाहरुको पढाई बानीको बिकासमा सहयोग पुग्ने अधिकांसको विश्वास रहेको छ । सम्पन्न मेलावाट शैक्षिक गुणस्तर बृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा राखिएको छ । मेलामा कक्षा १ देखि ३ सम्म गणित र नेपाली विषयसम्बन्धी शैक्षिक समाग्रीहरुको बृहत प्रदर्शनी गरिएको थियो । शिक्षकले निर्माण गरेका कम मुल्य पर्ने तथा मुल्य नैं नपर्ने नविनतम् शैक्षिक सामाग्रीहरु प्रर्दशन गरिएका थिए । विगत ३ बर्ष देखि जिल्लाका विभिन्न ठाउँमा पढाई मेला ‘सिकाईका लागि शिक्षण परियोजना’ले सञ्चालन गर्दै आएको छ ।

विशेष