समाज

महानिरिक्षक विवादसम्बन्धी रिटमा सर्वोच्चले आज सुनुवाई गर्दै

महानिरिक्षक विवादसम्बन्धी रिटमा सर्वोच्चले आज सुनुवाई गर्दै

वैशाख १९ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाई हुँदैछ ।

प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गरेका थिए ।  कार्यसम्पादन मूल्यांकनमा अर्यालको भन्दा आफ्नो अंक बढी रहेपनि सरकारले बद्नियतपूर्वक अंक घटाएको दाबी सिलवालको छ । सरकारले भने सो रिटका साथ अदालतमा सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दावी गरेको छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट कार्यसम्पादन मुल्यांकन फाईलमा सिलवालले दस्तखत, अंक लगायतका विवरणमा किर्ते गरेको पुष्टी भएको भन्दै सरकारले प्रतिवेदन सर्वोच्चमा पेश गरिसकेको छ ।

आजको इजलासमा सर्वोच्चले लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयबाट मगाएको आर्यालको फाइल पनि खोल्ने बताएको छ । यसअघि सरकारले प्रहरी महानिरिक्षकमा जयवहादुर चन्दलाई गरेको नियुक्ती बदर गर्दै सर्वोच्चले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनको आधारमा नियुक्त गर्न आदेश दिएको थियो ।

Police

विशेष