समाज

पासो लगाएर झुण्डिएका निर्वाचन अधिकृतको उद्धार

पासो लगाएर झुण्डिएका निर्वाचन अधिकृतको उद्धार

वैशाख १९ । खादाको पासो लगाई मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो ।

उनका अनुसार गिरीको नाडीको चाप चलेपनि होस भने खुलेको छैन । बिहान ४ः१५ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँग भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकाली तत्काल नुवाकोटको अस्पतालमा उपचारार्थ पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौं पठाइएको प्रसाईंले बताए ।

मंगलबार हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।

यता विदुरबाट प्राप्त समाचार अनुसार गिरीको स्वासप्रश्वास सञ्चालनमा कठिनाई भएकाले अबस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल विदुरका डा. मनोज रिमालले जानकारी दिए ।

कालिका गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठका अनुसार निर्वाचनको लागि खटिएका कर्मचारीसँग जिससको गेष्टहाउसमा बसेका गिरीलाई बिहान प्यासेजमा झुण्डिएको समयमा स्वास फेर्न गाह्रो भएर कराएको सुनिएपछि उद्धार गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय रसुवाका नासु नारायण घिमिरेका अनुसार स्थानीयतहको निर्वाचनको लागि उम्मेदवारी दर्ताको पूर्वतयारी गरी उनी सोमबार बेलुका १० बजे सुतेका थिए ।

बेपत्ता छानबिन आयोगमा कार्यरत रहेका उपन्यायाधिवक्ता गिरी स्थनीय तहको निर्वाचनको लागि कालिका गापाको निर्वाचन अधिकृतको जिम्मेवारी लिएर गत साता रसुवा आएका थिए ।

Hanging

विशेष