मनोरञ्जन

फिल्मक्षेत्रको नातावादबारे प्रियंकाको यस्तो अनुभव

फिल्मक्षेत्रको नातावादबारे प्रियंकाको यस्तो अनुभव

वैशाख १९ । फिल्मक्षेत्रमा हुने भाइभतिजावादबारे बलिउड अभिनेत्री प्रियंका चोपडाले मुख खोलेकी छिन् । आफू फिल्म क्षेत्रको पृष्ठभूमिबाट नहूँदा बलिउडमा धेरै संघर्ष गर्नुपरेको र भाइ भतिजावादको समस्या भोग्नुपरेको उनले बताइन् ।

एक अन्तर्वातामा बोल्दै प्रियंकाले भनिन्, ‘कुनै समय यस्तो पनि थियो जब मैले साइन गरिसकेको फिल्ममा भाइभतिजावादका कारण अरु कोही हिरोइनलाई ल्याइन्थ्यो । साइन गरिसकेको फिल्मबाट हट्नुपर्दा निकै दुःख लाग्थ्यो । तर मैले आफूले आफैलाई त्यस्तो अवस्थाबाट अलग गर्न सफल भएँ ।’

आफ्ना तीतामिठा अनुभव जोड्दै प्रियंकाले फिल्म पृष्ठभूमिबाट हुँदा त्यति धेरै फरक नपर्ने तर यदी उक्त पृष्ठभूमिदेखि बाहिरबाट आएको हो भने भाइभतिजावादको शिकार अवश्य हुने उनले बताइन् ।

अहिले उनले बलिउडमात्र नभएर हलिउडमा पनि चर्चा कमाइसकेकी छिन् । उनको हलिउड डेब्यु ‘बेवाच’ यतिबेला प्रचारको क्रममा रहेको छ ।

Priyanka Chopara

विशेष