समाज

सिलवालको रिट निवेदनको सुनुवाई स्थगित, सुनुवाईको मिति तोकिएन

सिलवालको रिट निवेदनको सुनुवाई स्थगित, सुनुवाईको मिति तोकिएन

वैशाख १९ । डिआइजी नवराज सिलवालले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिका क्रममा आफुलाई अन्याय भएको भन्दै दायर रिट निवेदनको सुनुवाई स्थगित भएको छ ।

निलम्बनमा पर्नु अघि तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले उक्त रिटको सुनुवाई मंगलबार तोकेकी थिइन् । अव उक्त मुद्दाको सुनुवाई कहिले हुने भन्ने कुरा निर्कयौल भइसकेको छैन ।

उक्त मुद्दामा सिलवालको पक्षधरता लिएको लगायतका आरोप लगाएर कार्कीबिरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उनी आइतवार निलम्बनमा परेकी थिइन् । सोमबार विश्व मजदुर दिवसका कारण विदा परेकोले कायममुकायम प्रधानन्यायधीश गोपाल पराजुलीको पहिलो कार्यदिनमा उक्त मुद्दाको सुनुवाई स्थगित भएको हो ।

गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

विशेष