मनोरञ्जन

महाअभियोग प्रस्तावबारे कुन कलाकारले के भने ?

महाअभियोग प्रस्तावबारे कुन कलाकारले के भने ?

वैशाख १९ । प्रधानन्यायधीश सुशीला कार्कीलाई महाअभियोगको प्रस्ताव दर्ता भएदेखि सामाजिक सञ्जाल फेसबुकमा सबैको वाल भरिन थालेका छन् । यसैक्रममा कलाकारहरुले पनि आफ्नो आक्रोश पोख्न थालिसकेका छन् ।

सबैको धारणा राख्ने र सबैमाझ पहूँच पुग्ने सजिलो माध्यम बनेको छ फेसबुक । कलाकार जीतु नेपाले व्यंग्य गर्दै फेसबुकमा लेखे, ‘फेसबुकमा लेख्नेहरुले पनि होस पुर्याउँ है । फेरी यता पनि महाअभियोग लाग्ला नि ।’

त्यस्तैगरि नायिका केकी अधिकारीको फेसबुक स्टाटस रहेको छ, ‘लोकतान्त्रिक शासन प्रणालीमा सांसद र सर्वउच्च हुनुपर्छ सर्वोपरी होइन । संसदको सर्वोच्चतालाई स्थापित गर्ने धाराहरुको कपटपूर्ण प्रयोग गर्दै दलगत राजनीतिक स्वार्थलाई सर्वोपरी बनाउने अभ्यास स्वरूप नेपालको प्रथम महिला प्रधानन्यायाधिश बिरुद्ध ल्याईएको महाभियोगको प्रस्ताव अत्यन्तै निन्दनीय छ। राजनीतिक हस्तक्षेप मुक्त स्वतन्त्र न्यायपालिकाको पक्षमा ऐक्यबद्ध होऔँ ।’

यसैगरि अर्का हाँस्यकलाकार दिपकराज गिरीले लेखेका छन्, ‘शब्दकोशमा ... शेरको अर्थ — जंगलको राजा अर्थात जंगली शासन प्रमुख ।’

कलाकार

विशेष