मनोरञ्जन

तीन दिनमा ५०० करोडभन्दा बढि कमाइ गर्ने पहिलो फिल्म बन्यो ‘बाहुबली २’

तीन दिनमा ५०० करोडभन्दा बढि कमाइ गर्ने पहिलो फिल्म बन्यो ‘बाहुबली २’
वैशाख १९ । यो वर्षको सार्वधिक प्रतिक्षामा रहेको फिल्म ‘बाहुबली २’ भारतकै सार्वधिक कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ । फिल्मले तीन दिनमा ५०० भन्दा बढिको व्यापार गर्न सफल भएको छ । रिपोर्टअनुसार फिल्मले पहिलो तीन दिनमा भारतमा करिब ३३५ करोडको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट गिरिश जोहरकाअनुसार फिल्मले तीन दिनमा दुनियाँभर ५२० करोडको व्यापार गरेको छ । उक्त फिल्मले पहिलो दिनको कलेक्सनलमा अन्य भारतीय फिल्मलाई पछि पारेको छ । करिब २७० करोडको लागतमा बनेको फिल्म ‘बाहुबली २’ यस्तो फिल्म हो जसले पहिलो प्रदर्शनको पहिलो दिनमै नाफा कमायो । किनभने उक्त फिल्मले रिलिज भन्दा पहिला नै थियट्रिकल राइट्स बेचेर ५०० करोड भन्दा बढि व्यापार गरिसकेको थियो ।

bahubali 2

विशेष