डीभी चिट्ठाको नतिजा सार्वजनिक, कसरी थाहा पाउने नतिजा ?

वैशाख २० । अमेरिकी डाइभर्सिटी भिसा डीभी २०१८ को नतिजा मंगलबार राति सार्वजनिक भएकाे छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित भएकाे उल्लेख गरेको छ ।
दूतावसको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ तारिखसम्म अनलाइन आवदेन दिएकाहरुको नामावली चिट्ठामार्फत् सार्वजनिक गर्न लागिएको हो ।
दूतावसले डीभी विजेताहरुलाई इमेल व अरु कुनै माध्यममार्फत् कुनै जानकारी नगराउने उल्लेख गर्दे कुनैपनि शुल्कको लागि अनुरोध नगर्ने जानकारी गराएको छ ।
DV
DV Lottery