खेल

च्याम्पियन्स लिगमा रियाल मड्रिड विजयी, रोनाल्डोको ह्याट्रिक

च्याम्पियन्स लिगमा रियाल मड्रिड विजयी, रोनाल्डोको ह्याट्रिक

बैशाख २० । च्याम्पियन्स लिगमा रियाल मड्रिड विजयी भएको छ ।

मंगलबार राति भएकोे खेलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हराएको हो ।

रियाल मड्रिडको मैदानमा भएको मड्रिड डर्बीले स्पेनिस ला–लिगाकै खेलको झल्को दिएको थियो । यो खेलमा रियाललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रेन्च क्लव मोनाको र इटालियन क्लब युभेन्टस भिड्ने छन् । यसैबीच राति तीन गोल गरेसँगै पोर्चुगिज फुटबल स्टार रोनाल्डोले युरोपको कुनै पनि क्लबका लागि सर्वा्धिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा ३ सय ६७ गोल गरेका छन् । उनले इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट ८४ तथा रियाल मड्रिडबाट २ सय ८३ गोल गरिसकेका छन् ।

यसअघि युरोपका शीर्ष लिगमा सर्वा्धिक गोल गर्ने कीर्तिमान इङ्लिस खेलाडी जिम्मी ग्रिएभ्सको नाममा रहेको थियो ।

विशेष