समाज

एमाले महिला उम्मेदवारद्वारा आत्महत्या

एमाले महिला उम्मेदवारद्वारा आत्महत्या

वैशाख २० । मंगलबार मात्रै दलित आरक्षित कोटाबाट धादिङ धुनीबेंसी वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी छिन् ।

धुनीवेंसी—३, थुम्की निवासी ३५ वर्षीया मिजारले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । स्थानीयस्रोतका अनुसार उम्मेदवार भएपछि घरमा चुनावी खर्चका बारेमा खटपट भएको थियो ।

सामान्य किसान परिवारकी मिजारले मंगलबार राती नै पासो लगाई आत्महत्या गरेकी हुन् ।

Hanging

विशेष