देश

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने दलहरुको प्रतिवद्धता

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने दलहरुको प्रतिवद्धता

वैशाख २० । जाजरकोटको सदरमुकाम खलंगामा २० बर्ष पछि हुन लागि रहेको स्थानिय तहको निर्वाचनमा बालबालीका प्रयोग नगर्ने विभिन्न दलहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । जिल्ला बालकल्याण समितिद्धारा गठित निर्वाचनमा बालबालीका प्रयोग अनुगमन समितिले बुधवार आयोजना गरेरको अन्तरक्रियात्मक बैठकमा सबैले हस्ताक्षर गरेर सामुहिक प्रतिवद्धता जाहेर गरेका हुन् । बाल अधिकार संरक्षण र बालबिकास प्रवद्र्धन गर्नका लागि जिल्ला बालकल्याण समितिको गत १९ गते बसेको बैठकले सात सदस्य अनुगन समिति गठन गरेको छ । समितिको अध्यक्षमा नागरिक समाजका अध्यक्ष केशव जंग शाह, अन्य सदस्यहरुमा मानबहादुर गिरी, वीरबहादुर बस्नेत, मनोज सुनुवार, हेमन्त केसी, दीपबहादुर घर्ती र अनुपमा डिवेदी रहेका छन् ।

बालबालीका प्रयोग नगर्न बुधवार हस्ताक्षर गरिएको प्रतिवद्धतामा राजनैतिक दलले गर्ने चुनावी गतिविधी, आमसभा, नारा–जुलुस, पर्चा, पोष्टरिङ्ग, निर्वाचन सम्बन्धिका सामाग्री ओसार–पसार लगाएतका काममा बालबालीकालाई प्रयोग गर्ने छैनौं, साथै विद्यालय जस्तो शान्ती क्षेत्रमा कुनै पनि राजनैतिक पार्टीले चुनावी सभा, समारोह गर्ने छैनौ भन्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

राजनैतिक गतिविधिवाट विद्यालयलाई मुक्त राख्नु पर्ने, विद्यार्थीहरुलाई भयरहित वातावरण श्रृजना गर्नु पर्ने र कक्षाकोठा भित्र विभेदपुर्ण वातावरण अन्त्य गर्न सके मात्र बिद्यालय शान्ति क्षेत्र बन्न सक्नेका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहको भनाई रहेको छ ।

प्रतिवद्धता जाहेर गर्ने राजनैतिक पार्टीहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, संघिय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, नेकपा माले, नेकपा माक्र्सवादी लगाएतका पार्टीका प्रमुख तथा प्रतिनीधिहरु रहेका थिए ।

Jajarkot

विशेष