समाज

भूकम्प कम प्रभावित १७ जिल्लाका ९८ हजार २०१ घरधुरीले अावास पुनःनिर्माण अनुदान पाउने

भूकम्प कम प्रभावित १७ जिल्लाका ९८ हजार २०१ घरधुरीले अावास पुनःनिर्माण अनुदान पाउने
वैशाख २० । भूकम्प प्रभावित १७ जिल्लामा ९८ हजार २०१ घरधुरी लाभग्राही सूचीमा परी निजी आवास पुनःनिर्माणको अनुदान पाउने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण गरेको थियो । हिमपहिरोका कारण सोलुखुम्बुका तीन र लमजुङको एक गाविसमा सर्वेक्षण हुनसकेको छैन । विभागले गरेको सर्वेक्षणलाई प्राधिकरणको कार्यकारी समिति बैठकले अनुमोदन गरिसकेको छ । लाभग्राही सूचीमा परेकासँग आवास अनुदान सम्झौता भएपछि निजी आवास पुनःनिर्माणका लागि तीन लाख रुपैयाँ अनुदान दिइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । सर्वेक्षण अनुसार लाभग्राही सूचीमा अर्घाखाँचीमा एक हजार ३६, बागलुङमा दुई हजार ३७५, भोजपुरमा पाँच हजार ७४९, धनकुटामा दुई हजार ७९६, गुल्मीमा चार हजार १४४, कास्कीमा छ हजार २६, खोटाङमा आठ हजार ४४३ घरधुरी परेका छन् । यसैगरी लमजुङमा १३ हजार ५१९, म्याग्दीमा ८६८, नवलपरासीमा ८७२, पाल्पामा चार हजार ६५२ , पर्वतमा पाँच हजार २६९, सङ्खुवासभामा एक हजार ९९३, स्याङजामा आठ हजार ५४९, चितवनमा सात हजार ३३५, सोलुखुम्बुमा १० हजार ७९४ र तनहुँमा १३ हजार ८२१ घरधुरी लाभग्राही सूचीमा परेको प्राधिकरण सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिए। सर्वेक्षण हुन बाँकी चार गाविसमा पनि छिट्टै सर्वेक्षण गरिने विभागले जनाएको छ ।

भूकम्प

विशेष